काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा भेट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले सामाजिक सञ्जालमा पोस्ट गरेर दुई देशको सम्बन्ध बलियो भएको बताएका छन् ।
मोदीले नेपालसँगको सम्बन्धमा भारतले प्राथमिकता दिने भन्दै ओलीसँगको भेटमा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रमा छलफल भएको उल्लेख गरेका छन् ।
मोदीले बिमस्टेकको माहोलमा विपत् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रमा सकारात्मक नतिजा आएको पनि लेखेका छन् ।
मोदीले भेट भएको तस्विर राखेर फेसबुकमा लेखेका छन्–‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’