Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रहरीले रविको ‘बेडरूमभित्र बसेर’ पुर्जी लेख्ने अनौठो अभ्यास गर्‍यो : रास्वपा

प्रहरीले रविको ‘बेडरूमभित्र बसेर’ पुर्जी लेख्ने अनौठो अभ्यास गर्‍यो : रास्वपा

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएको बताएको छ ।

रवि पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको हो ।

पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको भर्त्सना गर्ने निर्णय गरेको छ।

निर्णयमा भनिएको छ, 'पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा 'त्यो पनि बेडरुमभित्र बसेर' जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर(संवेदनशील र गैरकानुनी कुराको भर्त्सना गर्ने।'

उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077