Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, मध्याह्न साढे १२ बजे काठमाडौं आइपुग्ने

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, मध्याह्न साढे १२ बजे काठमाडौं आइपुग्ने

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गरेका हुन् ।

उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।

त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । प्रधानमन्त्री ओली आज मध्याह्न १२ः३० बजे स्वदेश आइपुग्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077