Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बारको नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा पाँच प्रतिस्पर्धी

बारको नयाँ नेतृत्वका लागि मतदान जारी, अध्यक्षमा पाँच प्रतिस्पर्धी

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

बिहान ८ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

कार्यसमिति अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै, अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको समेत उम्मेदवारी रहेको छ ।

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी छ ।

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौं मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । निर्वाचनमा ९ हजार ९५७ मतदाता रहेको बारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077