Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतको शेयर बजारमा भारी गिरावट

भारतको शेयर बजारमा भारी गिरावट

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । छिमेकी देश भारतको शेयर बजार बजार ‘क्र्यास’ भएको छ ।

सोमबार भारतको शेयर बजारमा भारी गिरावट आएपछि भारतीय सञ्चारमाध्यमले सोमबार बजार ‘क्र्यास’ भएको टिप्पणी गरेका छन् ।

मध्यान्ह १२ बजे भारतीय शेयर बजार मापक बीएसई सेन्सेक्स ३.७३ प्रतिशत ओरालो लागेको छ ।

बीएसई सेन्सेक्स २ हजार ८ सय १२ दशमलब ९९ अंकले ओरालो लाग्दै ७२ हजार ५ सय ५१ दशमलब ७० विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला कम्पनीको शेयर मापक निफ्टी ५० पनि ओरालो लागेको छ ।

निफ्टी ५० पनि ९ सय २३ दशमलब ७० अंकले ओरालो लाग्दै २१ हजार ९ सय ८० दशमलब ७५ विन्दुमा झरेको छ ।

अघिल्लो दिन सेन्सेक्स ७५ हजार ३६४ अंकमा बन्दमा बन्द भएको थियो ।

आज बजार खुलेको केही समयमै सेन्सेक्स उच्च अंकले घटेको छ ।

भारतबाट अमेरिका निर्यात हुने वस्तुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त २६ प्रतिशत भन्सार महशुल वृद्धिको घोषणा गरेसँगै निरन्तरजसो भारतीय शेयर बजार घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077