Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077