Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।

सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो।

जिम्मेवार निकायहरू, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमा सहित कार्य योजना कार्यान्वयन गरिने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए।

उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे। नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिस्टमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077