Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरी २० अर्ब रुपैयाँ झिक्ने भएको छ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि राष्ट्र बैंकले आज पनि थप रकम झिक्न लागेको हो ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही क्रममा आज २० अर्ब झिक्न लागेको हो।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077