Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

मन्त्री र सचिवहरुसँग आगामी अर्थिक वर्षको बजेटबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीे

मन्त्री र सचिवहरुसँग आगामी अर्थिक वर्षको बजेटबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीे

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेटबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो साढे ३ बजे मन्त्री र सचिवहरुलाई बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077