Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शहरी विकासमन्त्री सिंहले उक्त निर्देशन दिएका हुन्।

उनले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्ने बताए ।

शहरी विकासमन्त्री सिंहलेभने,‘हामीले खाली प्रचारबाजीको लागि यो गर्‍यौँ । त्यो गर्‍यौँ भन्ने होइन कि जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार काम अगाडि बढाउनुपर्छ।’

सरकारले गर्दै आएका योजनाका कामहरूको आम जनतालाई जानकारी गराउनुपर्ने उनले बताए । उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि बताए।

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा सिंहले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077