Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि राजा बनाउन सकिँदैन

कांग्रेस महामन्त्री थापाले भने - ज्ञानेन्द्रलाई जति सफा गरेर धोएपनि राजा बनाउन सकिँदैन

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन नसकिने बताएका छन् ।

कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरे।

राजा कसैले जति सफा गरेर धोयो भनेपनि संवैधानिक बनाउन नसक्ने महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले भने, ‘कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान्।’

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने महामन्त्री थापाको भनाई छ ।

उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077