Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेसकै आइडियामा सरकारले अध्यादेश ल्याएको हो : गगन थापा

कांग्रेसकै आइडियामा सरकारले अध्यादेश ल्याएको हो : गगन थापा

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्यादेश कांग्रेसकै आइडियामा ल्याइएको बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।

उनले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश कांग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत् कार्यान्वयन गरेको दाबी गरे।

महामन्त्री थापाले अर्थतन्त्र ठूलो दबाबमा रहेको अवस्थामा कानुनी सुधार गर्न अध्यादेश ल्याइएको बताए।

महामन्त्री थापाले भने,‘अर्थतन्त्र ठूलो दबाबमा छ। सरकारले लगानी र व्यवसायको वातावरण बनाउन केही कानुनी सुधार गर्नुपर्नेछ भनेर, यो कांग्रेसकै आइडिया हो । हाम्रो आइडियामा हामीले सरकारलाई काम गरायौं । संयुक्त सरकारले काम गर्‍यो र केही कुराको सुधार भएको छ।’

अध्यादेशमार्फत् कानुनी सुधार गरेर सरकारले महत्वपूर्ण काम गरेको महामन्त्री थापाले जिकिर गरे । सरकारले संकटको महसुस गरेपछि अध्यादेश ल्याएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077