काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
काठमाडौंमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महाममन्त्री थापाले उक्त आरोप लगाएका हुन् ।
सरकारले गठन गरेको राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले टेर्ने नगरेको उनको भनाई छ ।
महाममन्त्री थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिंड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ ।’
एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफूले सधैं प्रश्न गरिरहेको उनले बताए ।