काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन ग गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले बताए।
प्रधानमन्त्री ओलीले भने,‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन । अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन । गतिशील स्थिरता र स्थायीत्व हो ।’
सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढंगले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने अवस्था नरहेको उनको भनाई छ ।
उनले सरकारले भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा सरकार लागिपरेको जिकिर गरे ।