Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘यामाहा ब्लु फेस्ट’ को शुभारम्भ, दुई पांग्रे सवारी अपग्रेड गर्नेहरुका लागि अवसर

‘यामाहा ब्लु फेस्ट’ को शुभारम्भ, दुई पांग्रे सवारी अपग्रेड गर्नेहरुका लागि अवसर

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । यदि तपाईं आफ्नो सवारी अपग्रेड गर्नखोज्दै हुनुहुन्छ वा रमाइलो महोत्सवको हिस्सा बन्न चाहनुहुन्छ भने, यो हप्ता भृकुटीमण्डप तपाईंको लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ को शुभारम्भ भएसँगै दुई पांग्रे सवारी अपग्रेड गर्नेहरुका लागि अवसर सृजना भएको हो । आजबाट राजधानीको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको उक्त महोत्सव एक सातासम्म चल्नेछ ।

सप्ताहव्यापी उत्सवको उद्घाटनन एमएडब्लु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दिपककुमार अग्रवालले संयुक्त रुपमा गरे ।

चैत ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटर सहज रुपमा एकसचेन्ज (सट्टापट्टा) गर्न सकिने विशेष अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर Ray ZR 125FI Hybrid (ARAI  प्रमाणित ७१.३३ किमि/लिटर) प्रमुख आकर्षण हो।

त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनिप्रदर्शनीमा राखिएका छन्, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ–रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन् ।

यस ‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधिर यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई–पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ । यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ ।

सप्ताहव्यापी महोत्सव उद्घाटन कार्यक्रममा यामाहाका अधिकारीहरु, सञ्चारकर्मी र उत्साहित ग्राहकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

यस्ता छन् एक्सचेन्जका अफरहरु


  • कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,

  • कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,

  • अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्यांकन (ट्याक्स क्लियरेन्स अनिवार्य),

  • एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्यांकन बोनस,

  • कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिङ,

  • यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट,

  • थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस्,

  • विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,

  • यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।


त्यसैगरी महोत्सवमा बाइक बाहेकका आकर्षणहरू पनि समावेश गरिएको छ । जसमा स्मार्ट हेलमेट जित्नेदेखि टेस्ट राइडमा रोमाञ्चक उपहारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

यस्ता छन् बाइक बाहेकका आकर्षणहरूः


  • डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनुहोस् ।

  • कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू घर लैजानुहोस् ।

  • गेमिङ जोन – एक्शन–प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस् ।

  • फेस पेन्टिङ

  • महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्।

  • फ्री एक्सेसरिज

  • यस बाहेक पनि अन्य धेरै कुराहरू

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077