Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीति अघि सारेको छ : परराष्ट्रमन्त्री राणा

वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीति अघि सारेको छ : परराष्ट्रमन्त्री राणा

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई अघि बढाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभामा बोल्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।

मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत् काम सुरू गरेको उनको भनाई छ ।

उनले नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने बताइन्।

विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्ने उनले बताइन्।

नेपालमा ऊर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको मन्त्री राणाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077