Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई सिटौलाको चेतावनी - चुप लागेर बस्नु, त्यसमै तिम्रो भलाइ छ

पूर्वराजालाई सिटौलाको चेतावनी - चुप लागेर बस्नु, त्यसमै तिम्रो भलाइ छ

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप्प लागेर बस्न चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

व्यवस्था परिवर्तनका लागि उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै उनले पूर्वराजालाई त्यसमै भलाई हुने बताए ।

उनले भने, ‘आज देशभरका युवाहरुलाई साच्चि राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाई छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौं । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ति सबै राजाहरु आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ ।'

यस्तै उनले देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौति दिए । देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न समेत उनले आग्रह गरे । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077