काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा जवाफ खोज्न गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।