Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटना उत्तेजित गराउने काम सरकारले नै गर्‍यो: राप्रपा

तीनकुने घटना उत्तेजित गराउने काम सरकारले नै गर्‍यो: राप्रपा

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।

प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाएका छन् ।

सांसद प्रधानले भने,‘उत्तेजित गराउने काम सरकारले गर्यो । त्यो घटना नियोजित रुपमा भएको हाम्रो हाम्रो बुझाइ छ । उक्साहटको काम प्रधानमन्त्रीले गर्नु भएको हो ।’

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको दाबि गरे ।

उनले थपे,‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म पनि ७,८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्‍यो ।’

त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको र नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताए ।

तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए ।

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे ।

तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए ।

आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077