Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

वर्तमान सरकार हल्लिँदा पनि हल्लिँदैन : प्रधानमन्त्री ओली

वर्तमान सरकार हल्लिँदा पनि हल्लिँदैन : प्रधानमन्त्री ओली

शुक्रवार , चैत्र २८, २०८१

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कुनै पनि अवस्थामा नढल्ने बताएका छन्।

एमाले लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने,‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस । हल्लिँदा पनि हल्लिँदैन । मुलुकमा धेरै खाले समस्या छन्,अप्ठ्यारा छन्,तिनको समाधानका लागि यो सरकार बनेको हो।’

पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताउँदै आएका छन् ।

प्रचण्डले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077