Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीका प्रदर्शनकारीलाई भन्दा बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री ओली

राजावादीका प्रदर्शनकारीलाई भन्दा बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री ओली

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको बताएका छन् ।

शनिबार झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईलाई लक्षित गर्दै भने,‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे । तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’

जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरुको शैली ठिक नभएको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेछन् । अरुका पसल लुट्ने क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल, स्याउ चोर्ने, औषधि कारखाना आगो लगाउँनेले बनाउँछन् देश ?’

शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेको भन्दै यो कस्तो खालको प्रदर्शन हो ? भन्दै  प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्लामा पार्टीका संगठनहरू कमजोर हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरे ।

आफ्ना कमिटीलाई चुस्त दुरुस्त रुपमा अघि बढाउ निर्देशन दिदैँ सक्रिय रुपमा परिचालन हुन अनुरोध गरे ।

उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077