Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनाका मास्टरमाइन्ड ज्ञानेन्द्र शाहलाई नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

तीनकुने घटनाका मास्टरमाइन्ड ज्ञानेन्द्र शाहलाई नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही हुने बताएका छन् ।

नेकपा एमालेले कास्कीमा शनिबार आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले पूर्वराजा ज्ञानेन्द्र नै तीनकुने घटनाको योजनाकार भएकाले कारबाही हुने बताएका हुन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार पूर्वराजा ज्ञानेन्द्रलाई पनि बनाउने छौं । तीनकुने घटनाको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’

अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो ।

उनले भने, ‘तीनकुनेको कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुन्छ ।’

राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077