Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अहिले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : देउवा

अहिले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : देउवा

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि दलको बहुमत आउन गाह्रो रहेको बताएका छन् ।

नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताए। समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

सभापति देउवाले भने,‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ । नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ।’

उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको बताए।

उनले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077