Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रचण्ड भन्छन् – कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ

प्रचण्ड भन्छन् – कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्नु पर्ने बताएका छन् ।

आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टिको असर सडकमा देखिएकाले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढिरहेको छ । सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखाएको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्छ ।’

नयाँ वर्षले केहि न केहि निकास लिएर आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077