Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

महाधिवेशन टार्न खोज्ने काम आत्मघाती हुने शेखर कोइरालाको चेतावनी

महाधिवेशन टार्न खोज्ने काम आत्मघाती हुने शेखर कोइरालाको चेतावनी

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने बताएका छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

सन्देशमा नेता डा. कोइरालाले भनेका छन्, “एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।”

अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए ।

उनले भनेका छन्, “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077