Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति  एमालेको आपत्ति

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति  एमालेको आपत्ति

सोमवार , बैशाख १, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

पार्टी सचिवालयको सोमबार बसेको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक भएको बताउदै आपत्ति जनाएको हो ।

‘एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ ।उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं । जुन गलत हो ।’

तिनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ ।

उनले भने,‘ चैत १५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश मच्चियो । उहाँले खोजेको जागरण त्यस्तै हो भने देखिन त्यो त धेरै आपत्तिजनक कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077