Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमालेको निर्णय

कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमालेको निर्णय

सोमवार , बैशाख १, २०८२

काठमाडौं। नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) छन्।

एमालेले ११ वैशाखलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ ।

निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले ११ वैशाखलाई उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरेर मनाइने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077