Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको बताएका छन् ।

देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताए । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए।

सभापति देउवाले भने,‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ।हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं। अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होइन, अंग्रेजीमा बोल्ने गरेका छन्।’

देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए। उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077