Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ओलीले सचिवालय बैठकमा लगाए नेताहरूलाई 'सिस्नु' !

ओलीले सचिवालय बैठकमा लगाए नेताहरूलाई 'सिस्नु' !

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सोमबार नेताहरूले एकअर्कालाई सिस्नु लगाएका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा एमालेका शीर्ष नेताहरूले एकअर्कालाई सिस्नु लगाएर ‘बिसु पर्व’ मनाएका हुन् ।

एमाले सचिव लेखनाथ भट्ट सुदूरपश्चिमका हुन् । उनको पहलमा एमाले सचिवालय बैठकमा सिस्नु लगाउने र मिठाइ खाने काम भएको बताइएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सबैलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077