Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

आन्दोलनरत शिक्षक अगुवासँग गगन र विश्वप्रकाशले गरे छलफल

आन्दोलनरत शिक्षक अगुवासँग गगन र विश्वप्रकाशले गरे छलफल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुईजना महामन्त्रीले आज छलफल गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन् ।

शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने सहितका विभिन्न माग लिएर विगत दुई सातादेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् ।

उनीहरुसँग आज कांग्रेस महामन्त्रीहरुले छलफल गरेका हुन् । छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलन गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077