Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारको गति ट्याक्टरको जस्तो भयो, कांग्रेसका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

सरकारको गति ट्याक्टरको जस्तो भयो, कांग्रेसका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा गएकाले राम्रो पफमेन्स दिन नसकेको दाबी गरेका छन् । मंगलबार बिहान काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले कार्यकर्ताले पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रीसँग असन्तुष्टी भइरहेको बताए ।

“पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,” उनले भने, “जहाँ समस्या सिर्जना भएको छ समाधान गर्नुपर्छ ।”

उनले कांग्रेसले देशलाई भरोसा दिलाउन सक्नुपर्ने धारणा राखे । थापाले नेपाली समाजमा देखिएको निराशा हटाउँदै आत्मविश्वास र भरोसा दिलाउन पार्टी लाग्नुपर्ने बताए । साथै उनले सरकारको गति ठिक नभएको बताउँदै तर विकल्प भने नखोजिएको बताए ।

“सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन्, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077