Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

हामी सरकारमा फोहोर सफा गर्न गएका हौं, फोहोरी हुँदैनौं : गगन थापा

हामी सरकारमा फोहोर सफा गर्न गएका हौं, फोहोरी हुँदैनौं : गगन थापा

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगन थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन्।

काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरे ।

महामन्त्री थापाले भने,‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन।’

दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ।

भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको उनले बताए। उनले वडामा, पालिकामा र संघीय सरकामा कांग्रेस हुँदा पनि चित्तबुझ्दो काम नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077