Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गठबन्धनको आयुको बारेमा ओली–देउवाबीच छलफल

गठबन्धनको आयुको बारेमा ओली–देउवाबीच छलफल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् ।

बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धन भित्र साझेदारीअनुरुप  नभइरहेको भनी आएका टिप्पणी, गठबन्धनको आयुलगाएतका बारेमा कुराकानी भएको बताइएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् ।

नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077