Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२०८२ सालको पहिलो दिन : २७०४ अंकमा पुगेको नेप्से २६८९ अंकमा आएर रोकियो

२०८२ सालको पहिलो दिन : २७०४ अंकमा पुगेको नेप्से २६८९ अंकमा आएर रोकियो

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७.१४ अंक बढेको छ । २०८२ को कारोबारको पहिलो दिन २७.१४ अंकले बढेको हो ।

आज नेप्से बढेसँंगै नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ ।

कारोबारकै क्रममा दिउँसो १ :५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक हो ।

बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको कारोबार भएको छ ।

२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घटेको छ । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ ।

लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढेको छ । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढेको छ।

आज व्यापार सेक्टरमा भने ०.६४ प्रतिशत घटेको छ । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।

बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशत घटेको छ । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ ।  सो कम्पनीको २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077