Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआईसी एसिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

एनआईसी एसिया बैंकको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा आफ्ना ग्राहक महानुभावहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16’ योजना घोषणा गरेको छ ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा जारी गरिएको योजनामा सहभागी हुने ग्राहक महानुभावहरुले iPhone 16 जित्न सक्ने बैंकले जनाएको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘योजनामा सहभागी हुनका लागि ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहक महानुभावहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै iPhone 16 प्रदान गरिनेछ ।’

योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहक महानुभावहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077