Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा कारण पेश गर्न आदेश जारी गरेको हो ।

सर्वोच्चले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गतसाता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदरको माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले पनि सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077