Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारप्रति चरम असन्तुष्टि बढेपछि राजनीतिक संयन्त्रको बैठक डाकियो, समयको टुंगो छैन

सरकारप्रति चरम असन्तुष्टि बढेपछि राजनीतिक संयन्त्रको बैठक डाकियो, समयको टुंगो छैन

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बुधबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

बैठक दिउँसो या साँझमा बालुवाटारमा बस्ने ओलीको सचिवालयको भनाइ छ । बैठकमा ओली र देउवा पनि सहभागी हुने नेताहरूको दाबी छ ।

‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न तथा कसरी सरकार अगाडि बढ्ने र नियुक्तिका सवालमा कुरा गर्न बैठक डाकिएको बताइएको छ ।

एक घण्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूले सरकारबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे सोधीखोजी गरेका थिए ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एनपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला दुई नेता वार्तामा बसेका हुन् ।

मंगलबार मात्रै महामन्त्री थापाले सरकारको गतिलाई कछुवाको भन्दा सुस्त मात्रै भनेनन् प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच रहेको तिखो टिप्पणी पनि गरिदिए ।

एकपछि अर्का कांग्रेस नेताहरूले सरकार र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर घेर्न थालेपछि ओलीले सभापति देउवालाई नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न भनेका छन् ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने कांग्रेसबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077