Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला प्रशासनको मुखैमा अवैध अस्पताल सञ्चालनमा !

जिल्ला प्रशासनको मुखैमा अवैध अस्पताल सञ्चालनमा !

मंगलवार , बैशाख २, २०८२

धादिङ । मधेश प्रदेशमा अवैधरुपमा संचालन भएका अस्पताल तथा स्वास्थ्य संस्थामा यतीबेला मुख्यमन्त्री आफैंले छापा हानेर बन्द गराइरहेका छन् । यता धादिङमा भने अवैध अस्पताललाई सिडिओले नै संरक्षण गरेका छन् ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा सञ्चालित शहीद मेमोरियल अस्पताल प्रालि अवैध छ । एकातर्फ अस्पतालले कुनै मापदण्ड पूरा गरेको छैन भने अर्कोतर्फ नवीकरण समेत गरिएको छैन ।

२०६४ सालमा १५ शैयाको अनुमति लिएर सुरु भएको अस्पतालले अहिले ५० शैयाको अनुमति रहेको भन्दै सञ्चालन गरिरहेको छ । धादिङ बजारबाट सेवा सुरू भएको अस्पताल पछि भित्रि बजारमा लगेर सञ्चालन हुँदै आएको थियो ।

अहिले सरकारी अस्पतालबाट ५० मिटरको दुरीमा जिल्ला प्रशासन कार्यालयदेखि ५ सय मिटरको दुरीमा ल्याएर सञ्चालन गरिएको छ । जबकी एक अस्पतालबाट यती नजिकको दुरीमा अस्पताल सञ्चालन गर्न पाइँदैन ।

अस्पतालले ५० शैयाको अनुमतिसहित नविकरणको लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको बताए पनि अस्पतालमा एक जना पनि चिकित्सक छैनन् ।

५० शैयाको लागी २२ जना कर्मचारी रहेको बताएकोमा अस्पतालमा एकजना हेल्थ असिस्टेन्ट मात्र रहेका छन् । धादिङ अस्पतालमा कार्यरत चिकित्सकहरु लुकेर त्यहाँ उपचारमा खटिने गरेका छन् । कतिपय सरकारी चिकित्सकले नै लगानी गरेका छन् ।

अस्पतालमा एकातिर भौतिक पूर्वाधार अपुग छ भने अर्कोतर्फ उपकरण र प्राविधिक जनशक्ति समेत छैन । सरकारी अस्पतालमा भर्ना भएका कतिपय बिरामीलाई समेत मिलेमोमा सहिद मेमोरियलमा पठाउने गरिएको छ । अस्पतालले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप लागेको छ ।

नविकरणको लागी मन्त्रालयमा निवेदन दिएको बताएका लगानीकताहरु काँग्रेस, एमाले र माओवादी निकटका कर्मचारी, पत्रकार तथा व्यवसायी भएकाले पनि सत्ताको प्रयोग गरेर भएपनि मापदण्ड विपरित नै सञ्चालन भएको अस्पतालको नविकरण गरेरै छाड्ने बताउने गरेका छन् । उनीहरुले नविकरणका लागी भनेर समेत पैसा उठाएको चर्चा सिडिओ कार्यालयसम्म पुगेको छ।

कार्यालयकै छेउमा मापदण्डविपरीतको अस्पताल सञ्चालन भइरहँदा पनि जिल्ला प्रशासन कार्यालयले आँखा चिम्लिएको स्थानीयहरू समेत अचम्मित छन् ।

धादिङमा शहिद मेमोरियलसहित मापदण्ड पुरा नगरी ७ स्वास्थ्य संस्था संचालनमा रहेको स्रोत बताउँछ । सिडिओ सुमन घिमिरेले कसैलाई पनि कारबाही गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077