Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्यो, नेताहरूसँग छलफल जारी छ : प्रचण्ड

कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्यो, नेताहरूसँग छलफल जारी छ : प्रचण्ड

मंगलवार , बैशाख २, २०८२

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार परिवर्तनबारे सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल चलिरहेको बताएका छन् ।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सरकारको गतिविधिबाट कांग्रेस नेताहरू सन्तुष्ट नभएकाले छिट्टै सरकार परिवर्तन हुने संकेत आफूले पाएको बताए ।

अनौपचारिक भेटमा कांग्रेस नेताहरूले सरकार परिवर्तनको कुरा गर्ने गरेको उनको दाबी छ ।

'यो सरकारबाट अब हुँदैन भन्नेमा नेताहरू पुगिसक्नुभयो। कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077