Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारलाई सुझाव दिँदै पूर्णबहादुरले भने - सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउनू

सरकारलाई सुझाव दिँदै पूर्णबहादुरले भने - सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउनू

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सहमतिअनुसार शिक्षकका माग सम्बोधन गर्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले सरकार प्रमुखलाई सुझाव दिएका हुन् ।

उनले शिक्षकका माग सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे । आफ्नो विगतको अनुभवका आधारमा सरकार प्रमुखलाई अनुरोधसहित सुझाव दिएको उनले बताए ।

यसका लागि प्रधानमन्त्रीले नै तत्काल अग्रसरता लिनुपर्ने उनको भनाइ छ । कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयलाई तत्काल निर्णय गरेर टुंगो लगाउन उनले सुझाएका छन् ।

विद्यालय शिक्षा ऐन संसदमा छलफलमा रहेकाले बाँकी कुरा सहमतिका आधारमा चाँडै बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077