Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077