Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सलमान खानलाई मार्ने धम्की दिने युवक पक्राउ

सलमान खानलाई मार्ने धम्की दिने युवक पक्राउ

बुधवार , बैशाख ३, २०८२

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने एकजना पक्राउ परेका छन् ।

खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्।

हाल उनको नाम भने खुलाइएको छैन । सलमानका लागि यो धम्कीपूर्ण सन्देश वडोदरानजिकैको गाउँबाट पठाइएको थियो।

अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक ह्वाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घरभित्रै मारिनेछ र उनको कार बमले उडाइनेछ भनेर लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077