Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारतमा सीजेपीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

भारतमा सीजेपीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

शनिवार , जेठ २३, २०८३

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी)ले भारतका केन्द्रीय शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

शनिबार नयाँ दिल्लीस्थित जारी जन्तर मन्तरमा प्रदर्शनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिएको हो ।

भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ ।

विशेषगरी भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ ।

प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएइका छन् ।

सीजेपीका संस्थापक अभिजित दिप्के अमेरिकाको बोस्टनबाट आजै दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । 

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’

विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा। भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए ।

सामाजिक सञ्जाल एक्समार्फत सीजेपीले दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको थियो । 

दिल्ली प्रहरीको अतिरिक्त कार्यालयले जारी गरेको आदेशअनुसार सीजेपीलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जन्तर–मन्तरमा प्रदर्शन गर्न एकपटकका लागि विशेष अनुमति प्रदान गरिएको छ । 

पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको बताएको छ ।

यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले दिल्लीसहित भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै परीक्षा प्रणालीमा बारम्बार देखिएका अनियमितताबारे जवाफदेहिता माग गरेका थिए । शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गर्ने केही विद्यार्थी तथा अभियन्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

प्रश्नपत्र चुहावट प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले अनुसन्धान जारी राखेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077