Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारतमा ‘कक्रोच जनता पार्टी’को आन्दोलन घोषणा, शिक्षामन्त्रीको राजीनामा माग

भारतमा ‘कक्रोच जनता पार्टी’को आन्दोलन घोषणा, शिक्षामन्त्रीको राजीनामा माग

सोमवार , जेठ १८, २०८३

एजेन्सी । भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी)ले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन घोषणा गरेको छ ।

पार्टीले आगामी शनिबारदेखि राजधानी दिल्लीमा धर्ना तथा विरोध कार्यक्रम सुरु गर्ने तयारी गरेको जनाएको छ।

सिजेपीका संस्थापक अभिजित दिपके अमेरिकाबाट भारत फर्किएलगत्तै आन्दोलनको नेतृत्व गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आन्दोलनको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको बताइएको छ।

आन्दोलनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको छ। दिल्लीसहित विभिन्न सहरमा सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

सन् २०२६ मा सामाजिक सञ्जालमार्फत चर्चामा आएको सिजेपीलाई परम्परागत राजनीतिक दलभन्दा युवाहरूको असन्तुष्टि र आक्रोश व्यक्त गर्ने डिजिटल अभियानका रूपमा हेरिएको छ। बेरोजगारी, भ्रष्टाचार, परीक्षा प्रणालीमा देखिएका समस्या तथा राजनीतिक नेतृत्वप्रतिको निराशालाई केन्द्रमा राखेर अभियान विस्तार भएको बताइन्छ।

यस अभियानको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद अभिव्यक्तिपछि भएको थियो। उनले युवाहरूलाई ‘कक्रोच’ सँग तुलना गर्दै उनीहरू केवल विरोधमा केन्द्रित हुने गरेको टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिको विरोधस्वरूप अमेरिकामा रहेका अभिजित दिपकेले ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077