बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा कसैले भीम रावल बन्न नपर्ने टिप्पणी गरेका छन् ।
बुधबार बारा क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसमा फरक मत राख्न पाइने बताए ।
उनले भने, 'प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन । कोही भीम रावल बन्दैन। किनकि यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बाको पार्टी होइन ।'
एमाले नेता भीम रावल फरक मत राखेकैले पार्टीबाट निलम्बित भएका थिए।