Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक, सरकारको आलोचना गर्ने गगन अनुपस्थित

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक, सरकारको आलोचना गर्ने गगन अनुपस्थित

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । सरकारलाई सफल बनाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसिरहेको छ ।

सरकारमाथि नेपाली कांग्रेसका नेताहरूले आलोचना गरिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित रमेश लेखक, आरजु देउवा तथा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल , शंकर पोखरल र विष्णु रिमाल सहभागी छन् ।

संयन्त्रका सदस्य रहेका कांग्रेसका महामन्त्री गगन थापा बैठकमा सहभागी छैनन् । थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए।

बैठकमा सरकारप्रतिका असन्तुष्टिलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077