बारा । कांग्रेस महामन्त्री गगन थापाले एमाले–कांग्रेसको सरकार ०८४ सम्म नढल्ने उद्घोष गरेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८, बडर्हवा खेल मैदानमा बारा निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसद्वारा आयोजित क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै थापाले यस्तो उद्घोष गरेका हुन् ।
कार्यक्रममा उनले केही मानिसले सरकार ढल्छ भन्दै होहल्लाहा गरेको, तर एमाले–कांग्रेसको सरकार ०८४ सम्म नढल्ने उद्घोष गरे । उनले सरकार ढल्दै छ भन्दै होहल्ला गर्नेको विश्वास नगर्न आग्रह गरे ।
उनले सरकार सञ्चालनमा एमाले र कांग्रेसको सरकारसँग अझै भुइँमान्छे वा पिँधमा बसेका नागरिकको दुखेसो रहेको हुँदा विकास र समृद्धिलाई अझै उचाइमा पुर्याई गठबन्धनको सरकारको महत्वलाई अझै बढाउनका लागि सरकारसँग आग्रह गरे ।