Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

माओवादी अभियान रुपन्देही पुग्यो, भैरहवामा प्रचण्डको 'मर्निङ वाक' !

माओवादी अभियान रुपन्देही पुग्यो, भैरहवामा प्रचण्डको 'मर्निङ वाक' !

बिहिवार , बैशाख ४, २०८२

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

माओवादी केन्द्रले सञ्चालन गरिरहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।

उनले बिहान साढे ५ देखि ८ः३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद गरेका छन् ।

यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसीएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077