Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सुमनाले किन दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा ?

सुमनाले किन दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । रास्वपाको सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।

स्रोतका अनुसार रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएकी हुन् । तर अहिले राजीनामाका सम्बन्धमा श्रेष्ठले कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ । आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भन्दै उनले राजीनामा बुझाएको बताइन्छ ।

रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077