Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

बिहिवार , बैशाख ४, २०८२

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको बताएका छन् ।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको बताएका हुन् ।

उनले भने,‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो ।’

बिचौलियाहरुले कहिले कांग्रेसलाई त कहिले एमालेलाई पकडेकाले गथर्नर नियुक्तिमा ढिलाई भएको प्रचण्डको भनाई छ ।

गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव समेत दिए ।

स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077